Logo

सोमवार, आश्विन १२ गते २०८३

images
२०८३, आश्विन १२ गते
images
images

तराई मधेशमा चैती छठ मनाइँदै, आज साँझअस्ताउँदो सूर्यलाई अर्घ दिईने 

तराई मधेशमा चैती छठ मनाइँदै, आज साँझअस्ताउँदो सूर्यलाई अर्घ दिईने 

इच्छाकामना न्युज

२४, चैत्र २०७८
तराई मधेशमा चैती छठ मनाइँदै, आज साँझअस्ताउँदो सूर्यलाई अर्घ दिईने 
images

कविता यादव, महोत्तरी, २४ चैत । तराई मधेशमा आज चैती छठ पर्व मनाइँदै छ । सोमवारबाट सुरु भएको चैती छठ अन्तर्गत आज साँझ अस्ताउँदै गरेको सूर्यलाई अर्घ दिइने छ । छठ पर्वका लागि तराई मधेशका ताल, नदी र पोखरीहरूलाई दुलही झै श्रृङ्गारिएको छ ।

images
images

शरद र वसन्त ऋतुमा गरी वर्षमा दुईपटक मनाइने छठ पर्वमा सूर्य भगवानको पुजा आरधना गर्ने गरिन्छ । पर्वको पहिलो दिन व्रतालुहरूले चोखो खाने, दोस्रो दिन नहा खाए गर्छन् भने तेस्रो दिन दिनभरि उपवास बसेर साँझ सखर मिसाइएको खिर खाने गर्छन् । जसलाई खरना पनि भन्ने गरिन्छ ।

छठको अन्तिम दिन भोलि बिहान उदाउँदो सूर्यलाई अर्घ दिएर विधिवत रुपमा छठ सम्पन्न हुनेछ ।

images
प्रकाशित मिति :चैत्र २४, २०७८ बिहिवार - १०:१०:२४ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology