Logo

मंगलवार, आश्विन १३ गते २०८३

images
२०८३, आश्विन १३ गते
images
images

धादिङ खानीखोलाका इन्स्पेक्टर अपूर्व ढुङ्गानाले रक्सी खाएर ड्राइभर र हवल्दार कुटे

धादिङ खानीखोलाका इन्स्पेक्टर अपूर्व ढुङ्गानाले रक्सी खाएर ड्राइभर र हवल्दार कुटे

इच्छाकामना न्युज

९, बैशाख २०७९
धादिङ खानीखोलाका इन्स्पेक्टर अपूर्व ढुङ्गानाले रक्सी खाएर ड्राइभर र हवल्दार कुटे
images

धादिङ, ९ वैशाख । धादिङ्गको खानीखोला इलाका प्रहरी कार्यालयका इन्चार्ज, प्रहरी इन्स्पेक्टर अपुर्व ढुंगानालले रक्सीको तालमा लट्ठ हुँदै आफु मातहतका प्रहरी हवल्दार र ट्रकका सवारी चालकलाई पिटेका छन्। पिटाई खानेका ट्रक चालक धुर्व श्रेष्ठ र प्रहरी हवल्दार श्रीभक्त तामाङ्ग रहेका छन् । रातको समयमा ट्रक रोकेर बसेका श्रेष्ठलाई रक्सीले मातेका इन्स्पेक्टरले पिटेका थिए ।

images
images

सर नपिट्नुस भन्दै सम्झाउन गएका हवल्दार तामाङ्गलाई त झन् ढुंगानाले पेटी खोलेर हानेका थिए। ढुंगानाले चौकीका अन्य प्रहरीलाई पनि तथानाम गाली गरेका थिए । ढुंगानालले पिटेका सवारी चालक आज बिहान छुटेका थिए भने हवल्दारलाई रक्सीको तालमा के-के भयो भन्दै सम्झाउन खोजेका थिए ।

स्रोतका अनुसार इन्स्पेक्टरको बेल्ट खाएका हवल्दारको जिउभरि निलडाम छ । ढुंगाना कमाउन कै लागि विभिन्न शक्तिकेन्द्रको पावर लगाएर खानीखोला आएको स्थानीय बताउछन् । उनी हालका गृहमन्त्री बालकृष्ण खाँडका पुर्वपिएसओ पनि हुन् । कान्तिपथको सम्पर्कमा आएका सवारी चालक श्रेष्ठलले भने, ‘नौविसेको जाममा मेरो गाडीको स्टार्ट बन्द भएर रोकियो, केहि समयमा स्टार्ट भएर मैले गाडी साईड लगाए । त्यतिकैमा इन्स्पेक्टर आएर माथिबाट दबाब आएको भन्दै मलाई दुर्व्यवहार गरे । तर अहिले जे भयो गल्ति भयो भन्दै माफी मागे ।

केन्द्रिय प्रहरी प्रवक्ता विष्णु कुमार केसीले आफ्नै संगठनको जुनियर कर्मचारी र एक निरिह मजदुरलाई हातपात गर्ने इन्स्पेक्टरलाई कारबाही हुने बताए । कान्तिपथसंग बोल्दै उनले भने यो विषय आईजी’साब सम्म पनि पुगेको छ, ढुंगाना हाम्रो नोटिसमा छन्। कान्तिपथ अनलाईनबाट

images
प्रकाशित मिति :बैशाख ९, २०७९ शुक्रवार - २२:०२:३२ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology