Logo

बिहिवार, श्रावण २८ गते २०८३

images
२०८३, श्रावण २८ गते
TRENDING
images

देश खुल्ला दिसामुक्त घोषणा भएपनि सोलुखुम्बुमा सार्वजनिक शौचालयको अभाब 

देश खुल्ला दिसामुक्त घोषणा भएपनि सोलुखुम्बुमा सार्वजनिक शौचालयको अभाब 

सिआईएन

२२, मंसिर २०७७
देश खुल्ला दिसामुक्त घोषणा भएपनि सोलुखुम्बुमा सार्वजनिक शौचालयको अभाब 

सुबास दर्नाल । सोलुखुम्बु, २२ मंसिर । ७७ वटै जिल्लालाई खुल्ला दिसामुक्त जिल्ला घोषणा त गरियो, तर सार्वजनिक शौचालयको अभाबले देश खुल्ला दिसामुक्त भने हुन सकेको छैन।  अधिकांश ठाउँमा सार्वजानिक शौचालय नहुँदा समस्या भएको छ। 
विश्व स्वास्थ्य संगठनको तथ्याङ्क अनुसार विश्वमा अझै पनि दुई अर्ब ४० करोड मानिस शौचालयको पहुँच बाहिर छन्। नेपालका सबै नागरिक सुरक्षित चर्पीको पहुँचमा पुगिसकेको दाबी सरकारले गरेपनि सार्वजनिक स्थानमा भने त्यस्तो देखिदैन। 
बिशेष गरि सडक मार्गमा शौचालय नभेटिने बताउँनुहुन्छ सवारी चालक सुशन श्रेष्ठ। नेपाललाई २०७६ असोज १३ गते खुला दिसा मुक्त देश घोषणा गरिएको हो। देश खुल्ला दिसामुक्त भएको १ बर्ष बितिसक्दा पनि राजमार्ग र सार्वजनिक स्थानमा शौचालय बनाइसकिएको छैन। भएका शौचालय पनि व्यवस्थित छैनन्। 
पानी र सरसफाइको अभाबले पनि शौचालयहरु प्रयोग बिहिन भएको सोलुखुम्बुका नुरु  शेर्पा बताउनुहुन्छ। मुख्यगरि यात्राका क्रममा र सार्वजनिक स्थान र कार्यालयमा जाँदा शौचालयको अभाब हुने गरेको छ। राजमार्गमा सार्वजनिक शौचालय  भेटाउन घण्टौसम्म यात्रा गरि खाजा, खाना या झाडी भएको ठाउँमा पुग्नुपर्ने अबस्था समेत आएको सवारी चालक बिकेश खालिङको अनुभब छ। 
स्थानीय सरकारले सार्बजनिक शौचालय ब्यवस्थापनमा ध्यान दिनुपर्ने भएपनि यस तर्फ ध्यान जान नागरिकको गूनासो छ।

images

images
प्रकाशित मिति :मंसिर २२, २०७७ सोमवार - १८:०१:५४ बजे

सिआईएन

सामुदायिक रेडियो प्रसारक संघ (सिआईएन) देशभरका सामुदायिक रेडियोहरुको साझा संस्था हो । इच्छाकामना न्युज डटकमले पनि मनकामना एफ एम ९८.७ मेगाहर्जमा मार्फत सिआईएनसँग समाचारको लागि साझेदारी गर्ने गर्छ ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology