गोरखा, १५ वैशाख । गोरखामा बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि मतपत्र लगायतका निर्वाचन सामग्री आइपुगेको छ । गोरखाका चुनावका लागि २ लाख ४१ हजार थान मतपत्र आइपुगेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।
निर्वाचन आयोगले अन्य सामग्री केही दिन अघिनै ल्याइएकोमा मतपत्र भने आज पठाएको हो । आयोगले जिल्लाको मतदाता संख्या भन्दा १० प्रतिशत बढी मतपत्र पठाएको जानकारी दिएको छ । जिल्लाको कुल मतदाता संख्या २ लाख १८ हजार ५ शय ६३ रहेको छ ।