Logo

बिहिवार, श्रावण २८ गते २०८३

images
२०८३, श्रावण २८ गते
TRENDING
images

झण्डै ९ महिना पछि मनकामना मन्दिर र केवलकार मंसिर २८ बाट खुल्ने

झण्डै ९ महिना पछि मनकामना मन्दिर र केवलकार मंसिर २८ बाट खुल्ने

चित्र बहादुर गुरुङ

२३, मंसिर २०७७
झण्डै ९ महिना पछि मनकामना मन्दिर र केवलकार मंसिर २८ बाट खुल्ने

मनकामना, २३ मंसिर । कोभिड १९ संक्रमण प्रभावका कारण गत चैत देखि नै बन्द रहेको मनकामना माइको मन्दिर र मनकामना केवलकार झन्डै ९ महिना पछि खुल्ने भएको छ। सरोकारवाला निकायहरु बिच आज बसेको बैठकले यहि मंसिर २८ गते देखि मनकामना माइको मन्दिर र मनकामना केवलकार खुलाउने निर्णय गरेको हो। बिगत ९ महिना देखि सर्वसाधारणका लागि पुजा गर्न बन्द गरेको मनकामनामा मन्दिर खुलाउनका लागि मनकामना क्षेत्र विकास समितिको नेतृत्वमा स्थानीय संघ संस्थाका प्रतिनिधि सहित आज मनकामनामा बैठक बसेको थियो। उक्त बैठकले यहि मंसिर २८ गते आइतबारदेखि मनकामना माइको मन्दिर सर्वसाधारणको लागि पुजा गर्न खुला गर्ने निर्णय भएको गोरखा उद्योग वाणिज्य संघ मनकामना बजार इकाई समितिका अध्यक्ष हरि श्रेष्ठले जानकारी दिनुभयो। उहाँका अनुसार मनकामना केवलकार पनि सोही दिन देखि संचालनमा आउने भएको छ।

images

images
प्रकाशित मिति :मंसिर २३, २०७७ मंगलवार - १७:४४:३४ बजे

चित्र बहादुर गुरुङ

पत्रकार चित्र बहादुर गुरुङ इच्छाकामना न्युजका कार्यकारी सम्पादक हुन् भने मनकामना एफ. एम. ९८.७ मेगाहर्जको स्टेशन म्यानेजर र आँबुखैरेनी सन्देश साप्ताहिक पत्रिकाका कार्यकारी सम्पादक समेत हुन्।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology