Logo

आइतवार, आश्विन ११ गते २०८३

images
२०८३, आश्विन ११ गते
images
images

हावाहुरी र पानीका कारण कपिलवस्तुको तरकारी र केरा खेतीमा क्षति 

हावाहुरी र पानीका कारण कपिलवस्तुको तरकारी र केरा खेतीमा क्षति 

इच्छाकामना न्युज

१२, जेठ २०७९
हावाहुरी र पानीका कारण कपिलवस्तुको तरकारी र केरा खेतीमा क्षति 
images

भगवती न्यौपाने, कपिलवस्तु, १२ जेठ ।  एक साता अघि आएको हावा हुरी सहितको असिना पानीले विभिन्न ठाउँमा किसानले लगाएको तरकारी र केरा खेतीमा क्षति पु¥याएको छ । कपिलवस्तुमा पनि पानीको कारण किसानले ठूलो आर्थिक क्षति बेहोरेका छन् ।

images
images

हावाहुरी र पानीका कारण कपिलवस्तुको वाणगङ्गा नगरपालिका वडा नम्बर १ उपटहवा उत्तमनगरका शङ्कर पाण्डेले केरा खेतीमा ठूलो क्षति पुगेको बताउनुभयो ।

करिव १० कठ्ठा जमिनमा लगाएको २ सय केराका घार भुईमा ढलेका छन् । हावाहुरीका कारण पसाईसकेका र भर्खर पसाउन लागेका केराको बोटमा भएको क्षतिका कारण ३ लाख बराबरको क्षति पुगेको उहाँले बताउनुभयो ।

सोही दिन आएको हावाहुरी सहितको असिना पानीले अन्य फलफूल तथा तरकारी बालीमा समेत ठूलो क्षति पु¥याएको छ । करिव ८२ कठ्ठा जमिनमा लगाएको तरकारी तथा फलफूल खेतीमा समेत असर पुगेको लुम्बिनी बहुउद्देश्यीय एग्रिकल्चर प्रालिका अध्यक्ष पिताम्बर पोखरेलले बताउनुभयो ।

१० कठ्ठा जमिनमा लगाएको करेला, १५ कठ्ठामा लगाएको तरबुजा ,१५ कठ्ठामा फलेको फर्सि, ५ कठ्ठाको घिरौला, र १० कठ्ठामा फलेको बोडी पूर्ण रुपमा नष्ट भएको छ  । जसको कारण २५ लाख भन्दा बढिको मूल्यको क्षति भएको पोखलेको भनाई छ । हावाहुरी र असिनाले पु¥याएको क्षतिको विवरण सङ्कलन गरि क्षतिपूर्ति दिन किसानले माग गरेका छन् । 

images
प्रकाशित मिति :जेठ १२, २०७९ बिहिवार - ०९:२४:१६ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology