Logo

बिहिवार, श्रावण २८ गते २०८३

images
२०८३, श्रावण २८ गते
TRENDING
images

आँबुखैरेनी गाउँपालिकाद्वारा लैंगिक हिंसा विरुद्धको १६ दिने अभियानको समापन

आँबुखैरेनी गाउँपालिकाद्वारा लैंगिक हिंसा विरुद्धको १६ दिने अभियानको समापन

इच्छाकामना न्युज

२५, मंसिर २०७७
आँबुखैरेनी गाउँपालिकाद्वारा लैंगिक हिंसा विरुद्धको १६ दिने अभियानको समापन

आँबुखैरेनी, २५ मंसिर । तनहुँको आँबुखैरेनी गाउँपालिकाद्वारा लैंगिक हिंसा विरुद्धको १६ दिने अभियानको समापन गरिएको छ। डिसेम्बर २५ अर्थात मंसिर १० गते देखि सुरु भएको लैंगिक हिंसा विरुद्धको १६ दिने अभियानको आज एक कार्यक्रमको आयोजना गरि समापन गरिएको हो। "लैंगिक हिंसा अन्त्यको प्रतिवद्धता: व्यक्ति समाज र सबैको ऎक्यबध्दता" भन्ने मुल नाराका साथ संचालित १६ दिने अभियानको अन्तिम दिन आज अभिमुखिकरण तथा अन्तर्क्रिया कार्यक्रम गरि समापन गरिएको थियो। गाउँपालिकाको सभाहलमा सम्पन्न कार्यक्रमको प्रमुख अतिथि गाउँपालिका अध्यक्ष गिर बहादुर थापा, विशेष अतिथि प्रमुख प्रशासकीय अधिकृत विष्णु प्रसाद पोखरेल रहनु भएको थियो भने कार्यक्रम अध्यक्षता गाउँपालिकाका उपाध्यक्ष पुष्पादेवी श्रेष्ठ गर्नु भएको थियो। विभिन्न संघ संस्था तथा राजनैतिक दलका प्रतिनिधिहरु समेत सहभागिता रहेको कार्यक्रममा गाउँपालिका अध्यक्ष, उपाध्यक्ष, प्रमुख प्रशासकीय अधिकृत लगायतले लैगिंक हिंसा विरुद्ध विभिन्न कार्यक्रम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो। कार्यक्रमको संचालन कार्यपालिका सदस्य मिलन भुजेलले गर्नुभएको थियो भने सहजीकरण नारायणी अधिकारीले गर्नुभएको थियो। यसैबिच सोही कार्यक्रममा ईलाका प्रहरी कार्याल आँबुखैरेनी तनहुँको आयोजनामा समुदाय- प्रहरी साझेदारी अन्तर्गत यौन जन्य दुर्व्यवहार विरुद्ध विषेष अभियान अन्तर्गत Safety Pin Campaign कार्यक्रमको शूभारम्भ समेत गरिएको छ। उक्त कार्यक्रममा प्रहरी निरिक्षक विकास थापाले सहजीकरण गर्नुभएको थियो।

images

images
प्रकाशित मिति :मंसिर २५, २०७७ बिहिवार - २१:४५:१५ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology