Logo

मंगलवार, आश्विन १३ गते २०८३

images
२०८३, आश्विन १३ गते
images
images

कञ्चनजङ्घामा हिमालमा सरसफाईको क्रममा दुईजनाको अस्थिरपञ्जर फेला  

कञ्चनजङ्घामा हिमालमा सरसफाईको क्रममा दुईजनाको अस्थिरपञ्जर फेला  

इच्छाकामना न्युज

१३, जेठ २०७९
कञ्चनजङ्घामा हिमालमा सरसफाईको क्रममा दुईजनाको अस्थिरपञ्जर फेला  
images

कृष्ण फुरुम्वो लिम्बू, ताप्लेजुङ, १३ जेठ । ताप्लेजुङमा अवस्थित विश्वको तेस्रो अग्लो शिखर कञ्चनजङ्घामा सरसफाई गर्ने क्रममा दुईवटा मानव अस्थिरपञ्जर फेला परेका छन् । नेपाली सेनाको पहलमा हिमालको सफाई गर्ने क्रममा आधार शिविरमा पहिचान हुन नसकेका दुईवटा मानव अस्थिरपञ्जर फेला परेको हो ।

images
images

अस्थिरपञ्जर पहिचान हुने अवस्थामा नरहेकाले कानुनी प्रक्रियाका लागि ताप्लेजुङस्थित जिल्ला प्रहरीलाई बुझाएको अभियानको नेतृत्व गर्नु भएका नेपाली सेनाका मेजर समिरबहादुर बस्नेतले जानकारी दिनुभयो ।

बस्नेतका अनुसार कञ्चनजङ्घाबाट १५ हजार ३७३ केजी फोहोर सङ्कलन गरिएको छ । जसमध्ये कुहिने ३ हजार १७किलो फोहोर फक्ताङ्लुङ गाउँपालिकालाई बुझाएको र बाँकी नकुहिने १२ हजार ३५६ किलो फोहोर ट्रकमार्फत काठमाडांै लगिएको मेजर बस्नेतले बताउनुभयो ।

बेस क्याम्पबाट १३ हजार ६७८ केजी, एडभान्स बेसक्याम्पबाट १ हजार ४ सय केजी, क्याम्प टूबाट २५५ केजी, क्याम्प थ्रि बाट ३० केजी र क्याम्प फोर बाट १० केजी फोहोर सङ्कलन गरिएको हो। कञ्चनजङ्घा हिमालमा पहिलो पटक फोहोर सङ्कलन गरिएको हो । 

images
प्रकाशित मिति :जेठ १३, २०७९ शुक्रवार - १९:५६:५४ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology