Logo

मंगलवार, आश्विन १३ गते २०८३

images
२०८३, आश्विन १३ गते
images
images

विद्यालय जाँदै गरेकी नाबालिकालाई बलात्कार प्रयास गरेकाे आराेपमा युवक पक्राउ

विद्यालय जाँदै गरेकी नाबालिकालाई बलात्कार प्रयास गरेकाे आराेपमा युवक पक्राउ

इच्छाकामना न्युज

१७, जेठ २०७९
विद्यालय जाँदै गरेकी नाबालिकालाई बलात्कार प्रयास गरेकाे आराेपमा युवक पक्राउ
images

खोटाङ, १६ जेठ । खोटाङमा विद्यालय जाँदै गरेकी नाबालिकालाई बलात्कारको प्रयास गरेकाे आराेपमा एक युवकलाई प्रहरीले पक्राउ गरेको छ । विद्यालय जाँदै गरेकी आठ वर्षकी बालिकालाई बलात्कारको प्रयास गरेकाे आराेप लागेका खोटेहाङ गाउँपालिका– ७ खोटाङ बजारका २६ वर्षीय भुवनकुमार प्रधानलाई प्रहरीले पक्राउ गरेको हो ।

images
images

 बालिकालाई ११ जेठ बिहान करिब ९.३० बजे बलात्कार प्रयास गरेको घटना सार्वजनिक भएपछि फरार भएका प्रधानलाई आइतबार बिहान ४.३० बजेतिर लुकिछिपी हिँडिरहेको बेला खोटाङ बजारबाटै पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय खोटाङका सुचना अधिकारी एवं प्रहरी निरीक्षक शंकरप्रसाद चौधरीले जानकारी दिए । 

 प्रधानमाथि एक्लै भएको मौका पारेर नावबलिकालाई समाएर बोकेर घारीमा लगी संवेदनशील अङ्‍ग समाउँदै भुइँमा लडाएर पेन्ट खोली बलात्कार प्रयास गरेकाे अभियोग छ ।

बलात्कार प्रयासकाे क्रममा नाबालिका भाग्‍न सफल भएको प्रहरीले जनाएको छ ।

आराेपीविरुद्ध पीडित पक्षले कानुनी कारबाहीको माग गर्दै १३ जेठमा बाल यौन दुरुपयोगसम्बन्धी कसुरमा किटानी जाहेरी दिएकाे थियाे ।

पक्राउ परेका प्रधानविरुद्ध जिल्ला अदालतबाट बाल यौन दुरुपयोग कसुरमा सोमबार पाँच दिनको म्याद थप अनुमति लिएर हिरासतमा राखी अनुुसन्धान थालिएको प्रहरीले जनाएको छ ।

प्रहरी निरीक्षक चाैधरीकाअनुसार घटनापछि फरार रहेका प्रधानलाई जिल्ला प्रहरी कार्यालय र इलाका प्रहरी कार्यालय खोटाङ बजारबाट खटिएका प्रहरीको टोलीले पक्राउ गरेकाे हाे ।  

मिलापत्रपछि जाहेरी

बलात्कार प्रयास भएपछि बालिकाले रुँदै चिच्याउँदै प्रतिकार गरेकी तर चिच्याउँदा पनि अभियुक्तले मुख थुनेर बलात्कार प्रयास भने गरेको पीडित बालिकाको भनाइ उदृत गर्दै परिवारले जनाएको छ ।

बलात्कार हुनबाट जाेगिन सफल बालिका रुँदै घर फर्किएर आमालाई भनेपछि घटना सार्वजनिक भएको थियो । 

घटना लगत्तै पीडित बालिकाको परिवारले आवाज उठाएपछि तत्कालै गाउँमा पीडक र पीडित पक्ष राखेर प्रधानलाई माफ मगाइ मिलापत्र गराइएको थियो । तर, आफन्तको सल्लाहमा पीडित परिवार इलाका प्रहरी कार्यालय खोटाङ बजारमा जाहेरी दिन पुगेकाे हाे ।

अभियुक्तले यसअघि पीडित बालिकाकी दिदीलाई समेत यौन दुर्ब्यबहारकाे प्रयास गरेको आफन्तकाे दाबी छ ।

images
प्रकाशित मिति :जेठ १७, २०७९ मंगलवार - ०८:१३:३५ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology