Logo

मंगलवार, आश्विन १३ गते २०८३

images
२०८३, आश्विन १३ गते
images
images

आर्थिक अभाबमा ७ वर्षदेखि मानसिक रोगी बिक खोरमा

आर्थिक अभाबमा ७ वर्षदेखि मानसिक रोगी बिक खोरमा

इच्छाकामना न्युज

१७, जेठ २०७९
आर्थिक अभाबमा ७ वर्षदेखि मानसिक रोगी बिक खोरमा
images

उदयपुर, १७ जेठ । उपचार खर्च जुटाउन नसक्दा उदयपुरको चौदण्डीगढी नगरपालिका– २ शिखरपुर भित्तेका ३७ वर्षीय शिबराज बिकलाई परिवारले खोरमा थुनेर राखेका छन् । मानसिक रोगले ग्रसित उनलाई परिवारले ७ वर्षदेखि खोरमा थुनेर राखेका हुन् । खोरमा नराख्दा अश्लील शब्द बोल्ने र कपडा समेत फुकालेर हिँड्ने गरेपछि खोरमै राख्न बाध्य भएको परिवारका सदस्यले बताएका छन् । उनी रातभरि रुने, कराउने, अश्लील बोल्ने घरमा आएका मानिसलाई कुट्ने पिट्ने र केटाकेटीहरुलाई लखेटी लखेटी कुटपिट गर्ने गरेकाले खोरमा थुन्नु परेको उनीहरले बताए । उनलाई अभिभावकले खानेकुरा समेत खोरमा राखि दिन्छन् । 

images
images

घरदेखि अलि पर बाँस घारीमा चारैतिर काठले बेरा बारेको माथि जस्ताले छाएको जमिनदेखि चार फिट लग्लो खोरमा फटाहा ओछयाएर बनाएको स्थानमा उनलाई थुनेर राखिएको छ । कमाएर ल्याउने छोरा नै मानसिक सन्तुलन गुमाएपछि अहिले परिवारमा बिहान बेलुकाको छान टाँर्न समेत समस्या रहेको उनकी आमा सुमित्रा बिकले बताईन् ।

कमाउन भनि २०६९ सालमा काठमाण्डौं गएका उनले कमाएर घरमा पैसा पठाइरहेका थिए । तर २०७२ को भूकम्पपछि उनी एकाएक हराए । खोजी गर्दै जाँदा उनी चितवनको नारायण नदी किनारामा मानसिक सन्तुलन गुमेको अबस्थामा फेला परेका थिए । 

त्यसपछि बिराटनगर सुधार केन्द्रमा लगि उपचार गर्दा समेत केही नलागेपछि पुन छरछिमेकी स्थानीयबासीको सहयोगमा चन्दा उठाएर पाटन मानसिक रोग अस्पताल पु¥याएको र त्यहाँ उपचार गरेपछि ठिक भएर आएको आमा सुमित्राले बताईन् । 'उपचारपछि ठिक भएर आएको केही महिनासम्म राम्रो भएकोले शिबरामको नागरिकता बनाई दिएका थियौं । उनले मलाई पासपोर्ट बनाई दिनु म पैसा कमाउन बिदेश जान्छु भन्दै थियो तर एक्कासी पुन मानसिक सन्तुलन गुमाउन पुग्यो' उनले भनिन् । 

त्यसपछि असामान्य व्यवहार देखाउन थालिन् । उपचार गर्दा ठिक हुन्छ तर उपचार गर्ने खर्च नभएर आजसम्म खोरमै राख्नु परेको सुमित्राले बताइन् । पाटन अस्पतालमा उपचारपछि ठिक भएको र नियमित औषधि खानु पर्ने भयो तर औषधि किन्ने पैसा नभएपछि ठिक हुन सकेन । त्यसपछि उनलाई खोर बनाएर राखिएको हो । 

चौदण्डीगढी नगरपालिका– २ शिखरपुर भित्ते माडिबासस्थित जंगल फडानी गरेर बसेका उनको परिवार ज्याला मजदुरी गरि जिविकोपार्जन गर्दै आएका छन् । खोरिया फाडेर बसेरका उनीहरुको ७ जनाको परिवार रहेको छ । जनता आबास कार्यक्रमबाट बनाई दिएको सानो घरमा बस्दै आएका उनीहरुको घर वरिपरि करिब ५ कठ्ठा ऐलानी जमिन बाहेक केही छैनन् । आफ्नै जग्गा जमिन नभएका बिक परिवारलाई मजदुरी गरेर खानु पर्ने बाध्यता छ । सम्पत्तिका नाममा एउटा घरमात्रै भएका बिक परिवारलाई हातमुख जोर्ने समस्या छ । सात जनाको बिक परिवारमा शिवराम जेठो सन्तान हुन् । 

आर्थिक अभाबका कारण उपचार गर्न नसकेपछि खोरमा राख्नु परेको उनका भाई अर्जुन बिकले बताए । दाजुलाई खोरमा थुन्नुको बिकल्प नभएको बताउँदै उनले भने, ‘आर्थिक अवस्था कमजोर भएकाले पेटभरि खुवाउन समेत नसक्ने अवस्था छ ।' 

आर्थिक अवस्था कमजोर छ । उपचार गर्ने पैसा छैन । कमाएर ल्याउने छोरा मानसिक रोग छ । उनलाई सम्हालेर राख्न नै समस्या छ । खोरमा राखेन भने अनेक उपद्रो गर्छ, आमाले भनिन् ।
 

छोरालाई खोरमा राख्नु पर्दा आफूलाई धेरै पीडा हुने गरेको आमा सुमित्रा बिकको भनाइ छ । 'उपचारका लागि कसैले सहयोग गरि दिए हामी भगवान ठान्द थियौं । घरको आर्थिक अवस्था कमजोर छ । अहिले छोरालाई फेर्ने कपडा समेत छैन । एउटै कपडामा महिनौ बिताउँछ ’ उनले भनिन् ।

 उपचारका लागि कोसिस गर्दागर्दै भएको केही सम्पत्ति सकिएकोले अब उनीहरुलाई खोरमा थुनेर टुलुटुलु हेर्नुको बिकल्प नभएको आमा सुमित्राको भनाइ छ । 

images
प्रकाशित मिति :जेठ १७, २०७९ मंगलवार - २१:२७:१७ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology