Logo

बिहिवार, श्रावण २८ गते २०८३

images
२०८३, श्रावण २८ गते
TRENDING
images

शहिद लखन गाउँपालिका तीनमानेका रोशन श्रेष्ठ : जो परिवारै गुमाएर एक्लिए

शहिद लखन गाउँपालिका तीनमानेका रोशन श्रेष्ठ : जो परिवारै गुमाएर एक्लिए

पत्रपत्रिका

१८, जेठ २०७९
शहिद लखन गाउँपालिका तीनमानेका रोशन श्रेष्ठ : जो परिवारै गुमाएर एक्लिए

गोरखा, १८ जेठ । सात वर्षदेखि अमेरिका बस्दै आएका रोशन श्रेष्ठ मंगलबार बिहान मात्रै नेपाल आए। तर, नेपाल आउनुमा उनलाई कुनै उत्साह छैन। अरू बेला नेपाल आउँदा उनको बुवाआमा निकै खुसी हुन्थे। स्वागत गर्न विमानस्थलमै पुग्थे। घरपरिवार आफन्तमा निकै रमाइलो हुन्थ्यो। तर, अबदेखि उनलाई हाँस्दै स्वागत गर्न जाने बुवाआमा अब यो संसार छाडेर गए।

images

अमेरिकामा सँगै बसेर पढ्ने, माया गर्ने दुई बहिनीहरू पनि जीवित छैनन्। २ महिना लामो बिदामा बहिनीहरूले नेपाल घुम्न जाने भनेपछि रोशनले बहिनीहरूलाई आफैं टिकट काटेर नेपाल पठाएका हुन्। दुई बहिनी रबिना र रोजिनाले नेपाल आएर घुमेका फोटोहरू दाजुलाई पठाइरहन्थे। जानकारी गराइरहन्थे।

आइतबार भएको तारा एअरको जहाज दुर्घटनामा रोशनले आमा बुवासँगै तिनै २ बहिनी गुमाए। ५ सदस्यको उनको परिवारमा अब कोही रहेनन्। उनी एक्लो भए। उनी कसैसँग बोल्नै नसक्ने अवस्थामा छन्। मंगलबार मात्रै नेपाल आइपुगेका रोशन स्तब्ध र शान्त प्रायः छन्। बोल्नलाई उनीसँग कुनै शब्द छैन। जहाज दुर्घटनामा परिवारका सबै परिवार गुमाएका उनले बुवाआमा र बहिनीहरूको अन्तिम संस्कारका लागि शव कुरिरहेका छन्।

सहिदलखन गाउँपालिका–५ गोरखा स्थायी घर भइ हाल काठमाडौं पुरानो बानेश्वर बस्दै आएका गणेशनारायण श्रेष्ठ जहाज दुर्घटनामा परे। उनीसँगै उनको श्रीमती रश्मी श्रेष्ठ, छोरीहरू २० वर्षकी रबिना श्रेष्ठ र रोजिना श्रेष्ठको पनि मृत्यु भयो।

गणेशनारायण पेसाले कम्युटर इन्जिनियर हुन्। छोराछोरी सबै जना अमेरिकामा पढ्दै थिए। बिदाका बेला नेपाल आएका छोरीसँग मुक्तिनाथ भ्रमण गर्न भनेर श्रेष्ठ दम्पती जोमसोम गएका थिए। एकै परिवारका ४ जनाको मृत्यु भएपछि गोरखाको तीनमाने गाउँ शोकमा डुबेको छ।

गणेशनारायणका भान्जा किसन श्रेष्ठका अनुसार गणेशबहादुर सहयोगी र मेहनती स्वभावका थिए। परिवार नै एक्लो बन्यो। एक हप्ता अगाडि मात्रै मामालाई भेटेका किसनले मामाले हरेक कुरामा गर्ने सहयोग र सपोट मिस गरिरहनेछन्। ‘मामाकै छत्रछायामा हुर्किएको बताउने किसन मामालाई सम्झँदै भन्छन्, ‘आफ्नै परिवार जस्तो व्यवहार गर्नुहुन्थो। हाम्रो परिवारको छहारी नै गुम्यो।’

पेसाले मेडिकल पर्सन हुन्, किसन श्रेष्ठ। उनका अनुसार श्रेष्ठ दम्पती काठमाडौंको पुतलीसडकमा कम्युटरको व्यापार गर्थे। बेला–बेला अमेरिका पनि जान्थे। छोरीहरूसँग उनीहरू पनि पहिलोपटक मुक्तिनाथ दर्शन गर्न गइरहेका थिए। शव कहिले पाइन्छ रु भन्ने कुनै टुंगो छैन। भन्छन्, ‘शिक्षण अस्पतालमा राखेको छ रे। हेर्न जानसमेत अनुमति छैन। पहिचान भएका शवहरू आफन्तलाई जिम्मा लगाए हुन्थ्यो नि १’ अन्तिमपटक हेर्न श्रेष्ठका आफन्त काठमाडौंमा भेला भएका छन्। सबैको पोस्टमार्टम सकिएपछि मात्रै एकैपटक शव हस्तान्तरण गर्ने भनेर खबर आएको उनले बताए। साभारः अन्नपुर्णपोष्ट

images
प्रकाशित मिति :जेठ १८, २०७९ बुधवार - २१:२४:५३ बजे

पत्रपत्रिका

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology