Logo

मंगलवार, आश्विन १३ गते २०८३

images
२०८३, आश्विन १३ गते
images
images

पाँच दिनमा एउटै स्थानमा डुबेर तीन को मृत्यु

पाँच दिनमा एउटै स्थानमा डुबेर तीन को मृत्यु

इच्छाकामना न्युज

१९, जेठ २०७९
पाँच दिनमा एउटै स्थानमा डुबेर तीन को मृत्यु
images

धनगढी, १९ जेठ । धनगढी–३ स्थित मोहना नदीमा डुबेर एक जना तेस्रो लिङ्गी व्यक्तिको मृत्यु भएको छ ।

images
images

जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार धनगढी–३ स्थित राजघाट जोड्ने पुलमुनि नुहाउन गएका तेस्रो लिङ्गी व्यक्तिको महिलाको मृत्यु भएको हो । पुलको मुनी खोचमा डुबेर अन्दाजी ४० वर्षीय तेस्रो लिङ्गी व्यक्तिको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायव उपरीक्षक वेदप्रकाश जोशीले बताए । मृतकको पहिचान भने खुल्न नसकेको उनले बताए । 

मृतकको पहिचानका लागि तेस्रो लिङ्गी व्यक्तिको संगठन ब्लु डाइमण्ड सोसाईडीसँग आग्रह गरिएको उनले बताए । 

सोही स्थानमा यही जेठ १५ गते नम्बर ३ का साढे ९ वर्षीय अनुप चौधरी र १२ वर्षीय विष्णु गुप्ताको पनि डुबेर मृत्यु भएको थियो । पुल मुनी नदीको गहिरो खोच बनेको र सो स्थानमा पौडिखेल्न नसकेर मानिसको मृत्यु हुने गरेको प्रहरी प्रवक्ता जोशीले बताए । अबदेखि भने सो स्थानमा पौडी खेल्न प्रतिबन्ध गरिएको छ । 

images
प्रकाशित मिति :जेठ १९, २०७९ बिहिवार - २०:३९:०१ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology