Logo

शुक्रवार, कार्तिक २८ गते २०८३

images
२०८३, कार्तिक २८ गते
images

मकवानपुरको मनहरी गाउँपालिका उपाध्यक्ष विष्टद्वारा राजिनामा

मकवानपुरको मनहरी गाउँपालिका उपाध्यक्ष विष्टद्वारा राजिनामा

images

इच्छाकामना न्युज

२९, मंसिर २०७७
मकवानपुरको मनहरी गाउँपालिका उपाध्यक्ष विष्टद्वारा राजिनामा
images

मकवानपुर, २९ मंसिर । मकवानपुरको मनहरी गाउँपालिकाकी उपाध्यक्ष मनिला विष्टले पदबाट राजीनामा दिएकी छन् । बजेट बाँडफाँट र योजना कार्यान्वयनका विषयमा विवाद भएपछि उनले सोमबार राजीनामा दिएको बताइएको छ ।

राजीनामा दिएकी उनी सम्पर्कबिहिन भएको बताइएको छ । उनले नियमित चलाउँदै आएको मोबाइल स्वीच अफ रहेको छ ।

उनी विगतदेखि नै गाउँपालिका अध्यक्ष तथा कर्मचारीबाट अपमानित भएको गुनासो गर्दै आएकी थिइन् । उनले अध्यक्ष एकराज उप्रेतीलाई राजीनामा बुझाएकी छन् ।

सोमबार उपाध्यक्ष विष्टले राजीनामा दिएपछि अध्यक्ष उप्रेतीले राजीनामाबारे छलफल गरेको स्रोतले बताएको छ ।

images
प्रकाशित मिति :मंसिर २९, २०७७ सोमवार - २१:२६:२१ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology