Logo

बिहिवार, श्रावण २८ गते २०८३

images
२०८३, श्रावण २८ गते
TRENDING
images

माइतीसँग मिलेर पत्निले गरे आफ्नै पतिको हत्या

माइतीसँग मिलेर पत्निले गरे आफ्नै पतिको हत्या

पत्रपत्रिका

६, आषाढ २०७९
माइतीसँग मिलेर पत्निले गरे आफ्नै पतिको हत्या

नुवाकोट, ६ असार । माइतीसंग मिलेर आफ्नै पतिको हत्या गरेको अभियोगमा नुवाकोटमा प्रहरीले मृतकका ससुरा, श्रीमतीसहित चार जनालाई पक्राउ गरेको छ। प्रहरीले कारवाहीका लागि अदालतमा मुद्धा दायर गरेको छ।

images

बेलकोटगढी नगरपालिका ८ काशीटारबाट हत्या अभियोगमा एक महिलासहित चारजनालाई प्रहरीले नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखेको छ। बेलकोटगढी नगरपालिका ८ काशिटारस्थित चन्द्रबहादुर तामाङको घरमा ककनी गाउँपालिका ८ घर भएका ५६ वर्षिय एकबहादुर तामाङ मृत अवस्थामा फेला परेपछि प्रहरी टोलीले प्रारम्भिक अनुसन्धानका साथ मृतकका ससुरा, श्रीमतीसहित चारजनालाई नियन्त्रणमा लिएको प्रहरी नायव उपरिक्षक रुपक खड्काले जानकारी दिए।

उनका अनुसार ससुराली आएका एकबहादुरलाई बुधबार राति १२ बजे उनकी श्रीमती ३५ वर्षिया ज्ञानमाया तामाङ, ससुरा ६७ वर्षिय चन्द्रबहादुर भनिने बीरबहादुर तामाङ, बिदुर नगरपालिका १२ का ३४ वर्षिय दुखिराम तामाङ र १४ वर्षिय एक बालकसहित मिलेर प्लाष्टिकको डोरीले हातखुट्टा बाँधी चिर्पटले हानेर हत्या गरेको प्रारम्भिक अनुसन्धानमा देखिएको छ। प्रहरी टोली घटनास्थल पुग्दा मृतक एकबहादुर डोरीले बाँधिएकै अवस्थामा थिए। अन्नपूर्ण पोष्ट दैनिकमा खबर छ । 

images
प्रकाशित मिति :आषाढ ६, २०७९ सोमवार - ०८:१६:५१ बजे

पत्रपत्रिका

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology