Logo

मंगलवार, आश्विन १३ गते २०८३

images
२०८३, आश्विन १३ गते
images
images

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

इच्छाकामना न्युज

८, आषाढ २०७९
हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ
images

खोटाङ, ८ असार । हजुरआमाको हत्या  अभियोगमा नाति पक्राउ परेका छन् । खोटाङ जन्तेढुंगा गाउँपालिका–५ चिसापानी घर भइ हाल इटहरी उपमहानगरपालिका–१६ बालग्रामचोक बस्दैआएकी ७७ वर्षीया तुलसा खड्कालाई गत स्थानीय तह निर्वाचनकाे बेला भोट हाल्न गाउँ लैजाने क्रममा बाटैमा हत्या गरेको अभियोगमा नाति हरि खड्का पक्राउ परेका हुन् ।

images
images

घटनापछि सम्पर्कविहीन बनेका खड्कालाई प्रहरीले भारतको सिलीगुढीबाट मंगलबार पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय खोटाङले खड्का पक्राउ परेको पुष्टि गरे पनि थप अनुसन्धानपछि यथार्थ सार्वजनिक गर्ने जनाएको छ । 

तुलसा ३० वैशाखको स्थानीय तह निर्वाचनमा मतदान गर्न भन्दै २६ वैशाखमा नाति हरिसँग सुनसरीबाट खोटाङतर्फ गएकी थिइन । तर, मतदानका लागि हिँडेकी वृद्धाको शव ३१ वैशाखमा खोटाङको बराहपोखरी गाउँपालिका–५ पौवासेरामा सुनकोसी नदी किनारमा भेटिएको थियो ।

बेवारिसे अवस्थामा भेटिएको शवलाई प्रहरीले उठाएर उदयपुरको बेलटारमा लगेर पोष्टमार्टम गरेको थियो । पोष्टमार्टमपछि पनि आफन्त सोधीखोजीमा नपुगेपछि बेवारिसे बनेको शवको २ जेठमा सदगद् गरिएको थियो । दाँत, साडी, चोलो लगायतका माध्यमबाट ठुलीआमाको पहिचान गरेकाे भतिजी लक्ष्मी खड्काले बताइन् । उनको गत १८ जेठमा सनाखत भएको थियो ।  

गत १० जेठसम्म सम्पर्कमा रहेका अभियुक्त १३ जेठदेखि सम्पर्कविहीन बनेका थिए । हजुरआमाको हत्या गरेको भन्दै नातिविरुद्ध १८ जेठमा जिल्ला प्रहरी कार्यालय खोटाङमा किटानी जाहेरी दर्ता भएको थियो । पारिवारिक बेमेल र हिंसापीडित वृद्धालाई भतिजी लक्ष्मीले आफ्नो घर नजिकै कोठा व्यवस्था गरेर एक वर्षदेखि रेखदेखमा राखेकी थिइन् । 

शहरबाट मतदान गर्न गाउँ जाने मतदाताका लागि विभिन्न दलका उम्मेदवारले गाडीको व्यवस्था गरेको थियो । लक्ष्मीले ठुलीआमालाई यस्तै प्रायोजित गाडीमार्फत गाउँ गएर मतदान गर्न जान र फर्कन सुझाएका थिए । तर, आफू बिहेमा गएको बेलामा वृद्धालाई मतदान गर्न गाउँ लैजाने वाहनामा बेत्तपा पारेकाे लक्ष्मीको दावी छ । मतदानका लागि सँगै गएका हजुरआमा बेपत्ता भएपछि आफन्तहरूले नातिमाथि शंका गरेका थिए ।

त्यसपछि नाति हरि खड्का बेपत्ता भएका थिए ।

 

images
प्रकाशित मिति :आषाढ ८, २०७९ बुधवार - २१:४२:४८ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology