Logo

आइतवार, आश्विन ११ गते २०८३

images
२०८३, आश्विन ११ गते
images
images

नुवाकोटमा बालिकालाई करणी गरेको आरोपमा वृद्ध पक्राउ 

नुवाकोटमा बालिकालाई करणी गरेको आरोपमा वृद्ध पक्राउ 

नुवाकोटमा बालिकालाई करणी गरेको आरोपमा वृद्ध पक्राउ 
images

नुवाकोट, १ पुस ।  बालिकालाई करणी गरेको आरोपमा नुवाकोटको पूर्वी भेगमा रहेको बेलकोटगढीका एक वृद्ध पक्राउ परेका छन्। वृद्धलाई हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले प्रहरीलाई अनुमति दिएको छ। 
विदुरदेखि २५ किलोमिटर पूर्वमा रहेको बेलकोटगढी नगरपालिका डाँडार्खकका ७० वर्षीय केदारबहादुर बासकोटालाई बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ गरि हिरासतमा राखेर अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ। नुवाकोट जिल्ला अदालतले उनलाई हिरासतमा राखेर अनुसन्धान गर्न चार दिनको म्याद दिएको छ। 
गाउँका १३ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बेलकोटगढी डाँडार्खकका वृद्ध बासकोटालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको नुवाकोट प्रहरी प्रमुख तथा प्रहरी उपरिक्षक तुलबहादुर कार्कीले जानकारी दिनुभयो। 

images
images

images
प्रकाशित मिति :पौष १, २०७७ बुधवार - ०९:३३:३२ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology