Logo

शुक्रवार, कार्तिक २८ गते २०८३

images
२०८३, कार्तिक २८ गते
images

बिना इजाजत अवैध रुपमा औषधी बिक्रीवितरण गर्ने ८ जनालाई चितवन प्रहरीले पक्राउ ग¥यो

बिना इजाजत अवैध रुपमा औषधी बिक्रीवितरण गर्ने ८ जनालाई चितवन प्रहरीले पक्राउ ग¥यो

images
बिना इजाजत अवैध रुपमा औषधी बिक्रीवितरण गर्ने ८ जनालाई चितवन प्रहरीले पक्राउ ग¥यो
images

चितवन, १ पुस । जिल्ला प्रहरी कार्यालय चितवनले इजाजत बिनाका औषधी ओसारपसारमा संलग्न ८ जना व्यक्तिहरुलाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख एसपी नान्तीराज गुरुङका अनुसार उनीहरुको साथबाट ३१ लाख ५ हजार ६३३ मुल्य बरावरको औषधी समेत बरामद गरेको छ ।
पक्राउ पर्नेहरुमा कालिका ४ बस्ने राजकुहार महतो, कालिका ३ का हरिशरण चौधरी, माडी नगरपालिका ३ का बालकृष्ण महतो, मिलन महतो, मकवानपुर जिल्ला गढी गाउँपालिका ८ का सुरज गौतम, वडानम्वर ३ बस्ने प्रकाश दाहाल, हेटौँडा उपमहानगरपालिका ५ बस्ने उज्जव पोख्रेल र वडानम्वर २३ बस्ने बिपिन सापकोटा रहेका छन् ।

131384511_1205006943229954_6455336349208596280_n-1536x1024.jpg

उनीहरुलाई हिजो बिहान इलाका प्रहरी कार्यालय माडीमा प्रहरी निरीक्षक झलक शर्माको कमाण्डमा खटिएको प्रहरी टोलीले पक्राउ गर्न सफल भएको हो । भारतबाट ठोरी नाका हुँदै नेपालतर्फ आउदै गरेको ना ४ ख ४४२५ नम्वरको गाडी चेकजाँदा गर्दा डिक्कीमा बोरामा लुकाएर ल्याइएको एन्टीअक्सीडेण्ट, सिलाजित, नेट्रोभित्ता, क्याल्सीयम आदि लेखेको औषधी बरामद भएको हो ।

उक्त औषधीको कुल मुल्य २१ लाख १० हजार ५३२ रुपैया रहेको छ भने आज विहान माडी ९ बगही खोलाको किनार स्थित झाडीमा वेवारिसे अवस्थामा ९ लाख ९५ हजार १ सय रुपैया बरावरको बरामद भएको एसपी गुरुङले बताउनुभयो ।
एसपी गुरुङका अनुसार औषधी व्यवस्था विभागसँग राय सल्लाह अनुसार थप अनुसन्धानको कार्य भइरहेको र नेटवर्कीङ व्यापारमा संलग्नहरुको यसको विक्रि वितरण गर्ने गरिएको प्रारम्भिक चरणमा खुलेको छ ।

 

images
प्रकाशित मिति :पौष १, २०७७ बुधवार - १३:४५:१० बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology