Logo

बिहिवार, श्रावण २८ गते २०८३

images
२०८३, श्रावण २८ गते
TRENDING
images

मोटरसाईकल चोरी

मोटरसाईकल चोरी मुद्दामा जेल परेर छुटेको हप्ता दिन नहुदै सोही अपराधमा इच्छाकामनाका कमल गुरुङ पुनः पक्राउ

मोटरसाईकल चोरी मुद्दामा जेल परेर छुटेको हप्ता दिन नहुदै सोही अपराधमा इच्छाकामनाका कमल गुरुङ पुनः पक्राउ

चोरीको मोटरसाइकल किनेर चलाउने गोरखा शहिद लखनका लोक बहादुर थापा पनि पक्राउ

इच्छाकामना न्युज

१४, आषाढ २०७९
मोटरसाईकल चोरी मुद्दामा जेल परेर छुटेको हप्ता दिन नहुदै सोही अपराधमा इच्छाकामनाका कमल गुरुङ पुनः पक्राउ

चितवन, १४ असार । चितवनको इच्छाकामना गाउँपालिका ३ का कमल गुरुङ मोटरसाईकल चोरी मुद्दामा जेल परेर छुटेको हप्ता दिन पनि नहुदै पुनः सोही अपराधमा पक्राउ परेका छन्। उनलाई गोरखा प्रहरीले सोमबार मोटरसाईकल चोरी गरि बिक्री गरेको आरोपमा पक्राउ गरेको हो । 

images

आईतबार शहिद लखन गाउँपालिका ४ जुद्धिटार स्थित सडकमा सोही स्थानका स्थानीय ३४ वर्षिय लोकबहादुर थापाले बा. ८३ प. ३८९३ नं.को १५० सिसिको चलाईरहेको पल्सर मोटरसाईकल चेकजाँच गर्दा चोरीको भन्नेपुष्टि भएपछि थापालाई चोरीको मोटरसाइकल सहित नियन्त्रणमा लिएको थियो। चोरीको मोटरसाइकल सहित प्रहरी नियन्त्रणमा रहेका थापाले इच्छाकामना गाउँपालिका ३ तुर्लुक घर भै हाल कुरिनटारमा बस्ने ३१ वर्षका कमल गुरुङबाट मोटरसाइकल खरिद गरेको बयान दिएपछि गुरुङलाई पक्राउ गरेको थियो । 

उक्त मोटरसाइकल यहि वैशाख ५ गते चितवनको खैरहनी नगरपालिका १ बाट चोरी भएको खुल्न आएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ। उक्त चोरी भएको मोटरसाईकल बरामद गरी मोटरसाईकल सहित लोक बहादुर थापा र कमल गुरुङलाई थप अनुसन्धान तथा कारवाहीको लागि ईलाका प्रहरी कार्यालय खैरहनी चितवनमा पठाईएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।

मोटरसाईकल चोरी गरि खरिद बिक्री गरेको आरोपमा पक्राउ परेका गुरुङलाई जेठ १४ गते इलाका प्रहरी कार्यालय आँबुखैरेनी तनहुँले सोही आरोपमा पक्राउ गरि २५ दिन हिरासतमा राखेको थियो । पछि अदालतले १ लाख धरौटीमा रिहा गर्ने आदेश दिएपछि धरौटि बुझाएर हिरासतमुक्त भएका थिए। आरोपित गुरुङ हिरासतबाट मुक्त भएको हप्ता दिन पनि नहुदै आईतबार पुनः मोटरसाईकल चोरी गरि खरिद बिक्री गरेको आरोपमा पक्राउ परेको हो।

images
प्रकाशित मिति :आषाढ १४, २०७९ मंगलवार - २२:१९:११ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology