अमर खड्का, सुनसरी, १५ असार । लगातार परेको वर्षाका कारण खोलामा आएको बाढीमापरि मोरङको सुन्दर हरैचामा एक जनाको मृत्युु भएको छ। सुन्दरहैचा वडा नं. ६ गछिया खोलाले बगाएर सोही ठाँउका ५८ वर्षका रामबहादुर बिकको मृत्यु भएको जिल्ला प्रशासन कार्यालय मोरङले जनाएको छ ।
वर्षाका कारण विराटनगर महानगरपालिका सहित मोरङका ३२ सय परिवार विस्थापित भएका मोरङका प्रमुख जिल्ला अधिकारी काशीराज दाहालले जानकारी दिनुभयो ।
विराटनगरका पूर्वी क्षेत्र भएर बग्ने सिंघिया खोला र पश्चिमी क्षेत्र भएर बग्ने केशलिया खोलाको पानी पसेर १,२,३,४,६,८,११,१२, १६ र १९ वडाका एक हजार पाँच सयभन्दा बढी परिवार डुवानमा परेका छन् ।उनिहरूलाई उद्धार गरेर सुरक्षित स्थानमा राखिएको विराटनगर महानगरपालिकाका नगर प्रहरी प्रमुख प्रहरी निरीक्षक राजन पौडेलले बताउनुभयो ।