निशु जोशी, नेपालगन्ज, १८ असार । नेपालगन्जको न्यूरोडमा आदिकवि भानुभक्त आचार्यको शालिक स्थापना गरिएको छ । आज आदिकवि आचार्यको अर्धकदको शालिक नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीले अनावरण गर्नुभयो ।
शालिक अनावरण गर्दै कुलपति उप्रेतीले नेपाली भाषाका प्राथमिककालिन अग्रणी स्रष्टा आचार्यलाई नेपालगन्जले सम्झिनु खुसीको कुरा भएको बताउनुभयो ।
कार्यक्रममा नेपाल प्रज्ञा प्रतिष्ठानका पुर्व सदस्य सचिव सनत रेग्मी, लुम्बिनी प्रदेशका वन तथा वातावरण मन्त्री सुरेन्द्र हमाल, लायन्स क्लब डिष्ट्रिक ३ सय २५ एनका गर्भनर सीबी चन्द लगायतको उपस्थिति रहेको थियो ।