Logo

बिहिवार, श्रावण २८ गते २०८३

images
२०८३, श्रावण २८ गते
TRENDING
images

लेखक संगीत स्रोता माथि यौन दुव्र्यव्यहारको आरोप

लेखक संगीत स्रोता माथि यौन दुव्र्यव्यहारको आरोप

इच्छाकामना न्युज

२६, आषाढ २०७९
लेखक संगीत स्रोता माथि यौन दुव्र्यव्यहारको आरोप

चितवन, २६ असार । चितवनकी लेखक सरिता तिवारीले अर्का लेखक संगीत स्रोताले आफूमाथि यौन दुर्व्यवहार गरेको आरोप लगाएकी छन् । शनिबार साँझ सामाजिक सञ्जाल फेसबुकमा सवा दुई घण्टा ‘लाइभ’ भएर तिवारीले आफूमाथि दुर्व्यवहार भएको विवरण सार्वजनिक गरेकी हुन् ।

images

संगीतमाथि यौन दुर्व्यवहारको आरोप लागेको समाचार पहिलो पटक साहित्यपोस्ट अनलाइनले शुक्रबार राति प्रकाशित गरेको थियो । त्यसको प्रतिक्रियामा संगीतले शनिबार समाचारको खण्डन गर्दै कानुनी उपचार खोज्ने बताएका थिए । उनले घटनालाई अस्वीकार गरेपछि तिवारी फेसबुक लाइभमा आएकी थिइन् ।

तिवारीले २०७२ सालमा आफ्नो कविता संग्रह सम्पादनका लागि संगीतको कीर्तिपुरस्थित डेरामा गएका बखत दुव्र्यवहार गरेको दाबी गरेकी छन । दुव्र्यवहार भएपछि आफू यतिन्जेल तनावमा रहेका कारण घटना सार्वजनिक गर्न नसकेको पनि उनको भनाइ छ । यो विषयमा केही समयअघि तिवारीले संगीत आबद्ध ‘प्रतिरोध आन्दोलन’ तथा ‘राजनीतिक संवाद थालनी’ मा पनि उजुरी दिएकी थिइन । थालनीका कार्यवाहक संयोजक प्रमोद धितालले शनिबार विज्ञप्ति जारी गर्दै गत असार ९ मा संस्थामा त्यस्तो उजुरी प्राप्त भएको पुष्टि गरेका छन । त्यसअघि नै तिवारीले संस्थाका सदस्यहरूसँग मौखिक उजुरी दिएको पनि उनले उल्लेख गरेका छन । ‘उजुरीकर्ता आफैंले अग्रसरता लिई उहाँले नै चयन गरेको न्यायिक प्रक्रियाबाट यो आरोपसम्बन्धी मुद्दा टुंगो लागिसकेको उहाँ स्वयंले हामीलाई जानकारी गराउनुभएको छ,’ धितालले विज्ञप्तिमा भनेका छन । उजुरीकर्ताकै पहलमा दुवै पक्ष र मध्यस्थकर्तासहित बसी मुद्दा टुंगिएको र आफ्नो जाहेरीपत्र अब निष्क्रिय हुने भन्दै असार १९ गते उजुरीकर्ताले आफूहरूलाई धन्यवादसहित चिठी पठाएको उनको भनाइ छ ।

आरोपित संगीतले भने आफूमाथि लागेको आरोप प्रतिशोधपूर्ण भएको दाबी गरेका छन । २०७२ मा घटना भएको भनिए पनि त्यसपछि पनि आफूहरूले सार्वजनिक साहित्यिक कार्यक्रमहरूमा सद्भावपूर्ण ढंगले सहकार्य गरेको, निरन्तर संवादमा रहेको तर माक्सको यौन चरित्रबारे तिवारीले लेखेको आलेखको पक्षमा आफू बोल्न नमानेपछि प्रतिशोधपूर्ण ढंगले बदनाम गर्न खोजिएको प्रस्टीकरण दिएका छन । भारतमा हुन लागेको एउटा सम्मेलनमा सहभागिताका लागि तिवारी जाने तयारी भए पनि माक्सबारेको लेखपछि आयोजकले नआउन भनेको प्रतिशोध आफूसँग साँधिएको उनको दाबी छ ।

 

 
 

images
प्रकाशित मिति :आषाढ २६, २०७९ आइतवार - ०९:१३:१८ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology