चितवन, २९ असार । भरतपुर अस्पतालले चितवनमा कोरोना संक्रमण बढ्न थालेकोले सतर्क रहन अपिल गरेको छ ।
अस्पतालले आज एक सूचना जारी गर्दै चितवनमा कोरोना पोजेटिभ देखिने र अस्पताल भर्नाको क्रम बढ्न थालेकोले सर्तक रहन अपिल गरेको हो । सूचनामा जनस्वास्थ्यका मापदण्डहरु पालनामा ध्यान दिन अपिल गरिएको छ ।
अस्पतालले भनेको छ, ‘ सही तरिकाले मास्क लगाउने, बारम्बार साबुन पानीले हात धुने, भीडभाड नगरी दुई मिटर भौतिक दूरी कायम गर्नुपर्छ ।’
