Logo

बिहिवार, श्रावण २८ गते २०८३

images
२०८३, श्रावण २८ गते
TRENDING
images

जुम्लामा पावर हाउस भासिँदा एकै घरका तीन जनाको मृत्यु 

जुम्लामा पावर हाउस भासिँदा एकै घरका तीन जनाको मृत्यु 

इच्छाकामना न्युज

३१, आषाढ २०७९
जुम्लामा पावर हाउस भासिँदा एकै घरका तीन जनाको मृत्यु 

गोल्डेन बुढा, जुम्ला, ३१ असार । जुम्लाको हिमा गाउँपालिका १ आचार्यलिहीमा रहेको भित्री खोला जलविद्युत् आयोजनाको पावर हाउस भासिँदा एकै घरका तीन जनाको मृत्यु भएको छ ।

images

आज बिहान साढे २ बजे आयोजनाको पावर हाउस भासिँदा आयोजनामा कार्यरत गोरक बहादुर रावतका ३० वर्षका श्रीमती बिमला रावत, छोराहरू ९ वर्षका भरत र ८ वर्षका सूर्य रावतको मृत्यु भएको हो । स्थानीयबासीका अनुसार उनीहरू तीनैजना आयोजनाको पावर हाउसभित्र सुतेका थिए ।

बिजुली अवरुद्ध भएपछि घटनाबारे जानकारी प्राप्त भएको प्रहरी चौकी बड्किका रामप्रसाद चौलागाईंले बताउनुभयो । प्रहरी राति नै घटनास्थल पुगेको थियो । मृतकको शव पोष्टमार्टमका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ल्याउने तयारी भइरहेको छ ।

images
प्रकाशित मिति :आषाढ ३१, २०७९ शुक्रवार - ०९:१५:२५ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology