कृष्ण फुरुम्वो लिम्बू, ताप्लेजुङ, ७ साउन । ताप्लेजुङमा घरायसी विवादको क्रममा श्रीमतीको हत्यामा संलग्न भएको भन्दै प्रहरीले एकजनालाई पक्राउ गरेको छ ।
जिल्लाको फुङलिङ नगरपालिका ९ हाङदेवास्थित गाईगुडेका ५६ वर्षका बलबहादुर साँवा लिम्बूलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको जनाएको छ ।
प्रहरीका अनुसार हिजो साँझ करिब ५ बजेतिर श्रीमान श्रीमतिबीच घरायसी विवाद हुँदा कुटपिटको क्रममा कान्छीमायाको घरमै मृत्यु भएको हो ।