Logo

बिहिवार, श्रावण २८ गते २०८३

images
२०८३, श्रावण २८ गते
TRENDING
images

बगर क्षेत्रलाई खेती योग्य बनाउने सरकारको लक्ष्य कार्यान्वयन हुन सकेन 

बगर क्षेत्रलाई खेती योग्य बनाउने सरकारको लक्ष्य कार्यान्वयन हुन सकेन 

इच्छाकामना न्युज

१०, श्रावण २०७९
बगर क्षेत्रलाई खेती योग्य बनाउने सरकारको लक्ष्य कार्यान्वयन हुन सकेन 

बिनोद पौडेल, महोत्तरी । बगर क्षेत्रलाई खेती योग्य बनाउने सरकारको लक्ष्य कार्यान्वयन हुन सकेको छैन । बर्दिवास नगरपालिकाले आर्थिक वर्ष २०७५/७६ मा बगरखेतीलार्इ प्रोत्साहन गर्ने नीति लिएको थियो ।

images

मेयर कृषि कार्यक्रम नाम दिएर सञ्चालन गरिएको यो कार्यक्रमको लागि बजेट खर्च भए पनि नगरपालिकाको योजना अनुसार रातु खोलाको उकास क्षेत्रमा बगरखेतीको काम भएन । पालिकाले करिब ८२ विगाहा क्षेत्रफलमा बगरखेती गर्ने भनेपनि कार्यान्वयन नभएको हो ।

नगरले बगरमा खेती गर्ने भन्दै वार्षिक करोडौँ खर्च गरे पनि वार्षिक सयौँ बिगाह जमिन बगरमा परिणत भइरहेको छ । नगरपालिको बजेट त्यसै खेर जाँदा बगरमा हुन सक्ने सम्भावित खेतीको सम्भावना पनि खेर गइरहेको छ ।

गौशाला, औरही, जलेश्वर लगायतका दर्जनभन्दा बढी गाउँ हरेक वर्ष डुवानमा पर्दै आएका छन् । र ती क्षेत्र बगरमा परिणत हुन्छन्, तर योजनामा समेटिएको भएपनि पालिकाहरूले वास्तविकतामा यसलाई कार्यान्यनमा ल्याउन सकेका छैनन् । 

images
प्रकाशित मिति :श्रावण १०, २०७९ मंगलवार - ०९:२५:०६ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology