Logo

बिहिवार, श्रावण २८ गते २०८३

images
२०८३, श्रावण २८ गते
TRENDING
images

भारतीय कन्ट्रयाक्ट किलरको प्रयोग गरी आफ्नै दाजुभाउजुले भाईबुहारीको हत्या गरे

भारतीय कन्ट्रयाक्ट किलरको प्रयोग गरी आफ्नै दाजुभाउजुले भाईबुहारीको हत्या गरे

इच्छाकामना न्युज

११, श्रावण २०७९
भारतीय कन्ट्रयाक्ट किलरको प्रयोग गरी आफ्नै दाजुभाउजुले भाईबुहारीको हत्या गरे

नेपालगञ्ज । बाँकेको कोहलपुर–१४ पार्वतीपुरमा मंगलवार विहान मृत भेटिएका दम्पतीको पारिवारिक रिसिबीको कारण आफ्नै दाजु भाउजुले ‘भारतीय कन्ट्रयाक्ट किलर’को प्रयोग गरी हत्या गरेको खुलेको छ ।

images

जिल्ला प्रहरी बाँकेका प्रमुख तथा प्रहरी उपरिक्षक श्यामकृष्ण अधिकारीले २५ वर्षीय श्रीमान कृष्णकुमार गडरिया र २३ वर्षीया श्रीमती अञ्जली गडरियाको आफ्नै दाई भाउजुले भारतीय कन्ट्रयाक्ट किलारको प्रयोग गरी हत्या गरेको जानकारी दिए ।

ईलाका प्रहरी कार्यालय कोहलपुरमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै प्रहरी उपरिक्षक अधिकारीले मृतक कृष्णका दाई विजय र भाउजु रेखाले भारतबाट दुई जना कन्ट्रयाक किलरलाई बोलाएर हत्या गराएको प्रारम्भिक अनुसन्धानबाट खेलेको बताए । यद्यपी बिहान उनीहरु दुबैको हत्यको खबर प्रहरीलाई आरोपित भाउजु रेखाले नै दिएकी थिईन ।

प्रहरी उपरिक्षक अधिकारीले उनीहरुको हत्या गर्न भारतबाट ५०र५० हजार रुपैयाँ दिएर दुई जनालाई बोलाइएको र सोमवार राती ११ देखि १२ बजेको बीचमा कृष्ण र अञ्जलीको हत्या भएको हुनसक्ने प्रारम्भिक अनुसंन्धानले देखाएको दाबी गरे ।

प्रहरी नियन्त्रणमा परेका विजयले दिएको शुरुवाती बयान अनुसार मृतक अञ्जलीले आफ्नो श्रीमान कृष्णकुमार र ससुरा पिरनलाई उक्साएर जेठाजु विजयलाई पिट्न लगाएको रिसमा विजयले बुहारीलाई मार्न लगाउँदा दुबैजनाको हत्या भएको पत्रकार सम्मेलनमा प्रहरी उपरिक्षक अधिकारीले जानकारी दिए ।

प्रहरीले घटनामा संलग्न रहेको आरोपमा मृतकका दाजु बिजय र भाउजु रेखालाई नियन्त्रणमा लिएर सार्वजनिक गर्नुको साथै घटनामा संलग्न अन्यको खोजी भई रहेको जनाएको छ । प्रहरीले हत्याको योजना बनाएको समेत भिडियो क्लिप फेला पारेको जनाएको छ ।
ईलाका प्रहरी कार्यालय कोहलपुरका ईन्चार्ज समेत रहेका प्रहरी नायव उपरिक्षक ऐनबहादुर मल्लले घटनाको प्रकृती हेर्दा पहिला बुहारी अञ्जलीको हत्या गरेको र पछि भाईको हत्या भएको पाईएको बताए ।

images
प्रकाशित मिति :श्रावण ११, २०७९ बुधवार - ०७:५४:३६ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology