Logo

मंगलवार, आश्विन १३ गते २०८३

images
२०८३, आश्विन १३ गते
images
images

कास्कीमा पहिरोमा पुरिँदा एकजनाको मृत्यु, १ जना घाइते 

कास्कीमा पहिरोमा पुरिँदा एकजनाको मृत्यु, १ जना घाइते 

इच्छाकामना न्युज

१६, श्रावण २०७९
कास्कीमा पहिरोमा पुरिँदा एकजनाको मृत्यु, १ जना घाइते 
images

पोखरा । कास्कीमा पहिरोमा परी एकजनाको मृत्यु भएको छ । एकजना घाइते भएका छन् । पोखरा महानगरपालिका–६ डिहिकोपाटन पँधेरोमा राति १ बजे पहिरोले घर पुरिँदा वर्ष २६ का सन्तोष सुनारको मृत्यु भएको कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी शिव प्रसाद रिजालले सीआईएनसँग बताउनुभयो ।

images
images

लक्ष्मी खड्का क्षेत्रीको ब्लकको गारो र टिनको छानो भएको एक तलाको कच्ची घरको कोठा भत्किँदा कोठा भाडामा बस्दै आउनुभएका माछापुछ«े गाउँपालिकाका सुनारको मृत्यु भएको उहाँले बताउनुभयो । उ

हाँका अनुसार घटनामा घाइते सुनारलाई बिहान उद्धार गरि उपचारका लागि पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा लगिएकोमा चिकित्सकले मृत घोषणा गरेका थिए ।

घटनामा कास्कीको माछापुच्छ्रे गाउँपालिका–१ भुर्जुङखोला घर भई सोही घरमा बस्ने सन्तोषका दिदी २७ वर्षका सुनिता सुनार घाइते हुनुभएको छ । उहाँको गण्डकी मेडिकल कलेजमा उपचार भइरहेको प्रहरीले जनाएको छ। 

images
प्रकाशित मिति :श्रावण १६, २०७९ सोमवार - १०:३०:२७ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology