Logo

सोमवार, आश्विन १२ गते २०८३

images
२०८३, आश्विन १२ गते
images
images

प्रदेश सरकारले गाडीको कर बढाएको विरोधमा भोली गण्डकी प्रदेशभर यातायात व्यवसायीले गाडी नचलाउने

प्रदेश सरकारले गाडीको कर बढाएको विरोधमा भोली गण्डकी प्रदेशभर यातायात व्यवसायीले गाडी नचलाउने

इच्छाकामना न्युज

२१, श्रावण २०७९
प्रदेश सरकारले गाडीको कर बढाएको विरोधमा भोली गण्डकी प्रदेशभर यातायात व्यवसायीले गाडी नचलाउने
images

पोखरा । सरकारले कर बढाएको बिरोधमा गण्डकी प्रदेशभर आईतवारदेखि यातायात बन्द हुने भएको छ ।

images
images

गण्डकी प्रदेश सरकारले सवारी साधन नबिकरणमा दुई सय प्रतिशत जरिवाना बढाएको भन्दै ब्यवसायीले उक्त निर्णय फिर्ता लिन माग गर्दै बिरोध जनाएका छन् ।

यातायात व्यवसायी राष्ट्रिय महासंघ गण्डकी प्रदेश समितिले सवारी कर विरुद्ध कडा आन्दोलन शुरु गरेको हो । आन्दोलन स्वरुप महासंघले प्रदेशमा गाडी सञ्चालन नगर्ने जनाएको छ ।यातायात करमा भएको व्यापक वृद्धिको विरोध गर्दै समितिले सार्वजनिक सवारी नचलाउने जनाएको छ ।

महासंघले आफ्नो आन्दोलनमा निजी सवारी धनीसहित आम नागरिकको पनि समर्थन मागेको छ ।महासंघले विज्ञप्तिमार्फत सरकारले संघीयताको मर्म विरुद्ध मनोमानी ढंगले बढाएको आरोप पनि लगाएको छ । कोरोना महामारीबाट थला परेका व्यवसायीलाई राहत दिनुपर्नेमा उल्टै अन्यायपूर्ण तरिकाले कर वृद्धि गरेको र त्यसकै विरोधस्वरुप आन्दोलन गर्न बाध्य भएको महासंघका गण्डकी प्रदेश संयोजक केदार पौड्यालले बताए ।

विज्ञप्तिमा भनिएको छ, ‘सरकारबाट कुनै पनि बेला कुनै पनि पक्षलाई करको अव्यवहारिक बोझ बोक्न बाध्य बनाउन सक्ने देखिएको हुँदा यस आन्दोलनमा निजी तथा पर्यटन सवारी साधनहरू पनि घर ग्यारेजमा राखी अव्यवहारिक करको विरुद्धमा उभिन सहयोग गरिदिनुहुन अनुरोध गर्दछौं ।’

images
प्रकाशित मिति :श्रावण २१, २०७९ शनिवार - २१:३६:३० बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology