Logo

सोमवार, आश्विन १२ गते २०८३

images
२०८३, आश्विन १२ गते
images
images

चितवन विशेष

चितवनमा कोरोना संक्रमणको कारण एक पुरुषको मृत्यु, जोखिम बढेकोले सतर्क हुन चिकित्सकको आग्रह

चितवनमा कोरोना संक्रमणको कारण एक पुरुषको मृत्यु, जोखिम बढेकोले सतर्क हुन चिकित्सकको आग्रह

इच्छाकामना न्युज

२२, श्रावण २०७९
चितवनमा कोरोना संक्रमणको कारण एक पुरुषको मृत्यु, जोखिम बढेकोले सतर्क हुन चिकित्सकको आग्रह
images

चितवन । चितवनमा कोरोनाको कारणले एक जनाको मृत्यु भएको छ । कोरोना संक्रमणले गम्भीर भएका उनको भरतपुर अस्पतालको आईसीयूमा उपचारको क्रममा निधन भएको हो ।

images
images

खैरहनी नगरपालिकाका स्थायी बासिन्दा मृतक ४७ वर्षीय पुरुष रहेको भरतपुर अस्पतालका कोभिड क्लिनिकल कोअर्डिनेटर डा प्रमोद पौडेलले नारायणी अनलाइनलाई जानकारी दिए ।

डा पौडेलले सुगर, प्रेसर जस्ता कुनै दीर्घरोग नभए पनि उनको कोरोनाको कारणले निमोनिया भई अक्सिजनको तह घटेर निधन भएकोले सबै जना सतर्क हुन आग्रह गरे । उनले भने, ‘ चितवनमा सबैले स्वास्थ्य सावधानी अपनाउनु पर्ने भएको छ । ४७ वर्षीय पुरुषको निधनले थप सतर्क बनाएको छ ।’ चितवनका सक्रिय संक्रमितको संख्या ८३ पुगेको छ । जसमध्ये अस्पतालको आइसोलेसनमा चार जना र घरमा ७९ जना रहेका छन् ।

 
 

images
प्रकाशित मिति :श्रावण २२, २०७९ आइतवार - २०:३६:२९ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology