Logo

मंगलवार, आश्विन १३ गते २०८३

images
२०८३, आश्विन १३ गते
images
images

कोशी नदीको निरन्तर कटानले सुनसरीको श्रीङ्लका टापुका नागरिक चिन्तामा 

कोशी नदीको निरन्तर कटानले सुनसरीको श्रीङ्लका टापुका नागरिक चिन्तामा 

इच्छाकामना न्युज

२४, श्रावण २०७९
कोशी नदीको निरन्तर कटानले सुनसरीको श्रीङ्लका टापुका नागरिक चिन्तामा 
images

अमर खड्का, सुनसरी । सुनसरीको श्रीलङ्का टापु भनेर चिनिने बस्तीमा कोशी नदीले निरन्तर कटान गर्न थालेपछि त्यस क्षेत्रका नागरिक त्रासमा बस्न बाध्य भएका छन् । सुनसरीको बराहक्षेत्र नगरपालिका वडा नम्बर ६ र ९ को आधा–आधा भागमा फैलिएको श्रीङ्लका टापुमा आठ सय घरका तीन हजारभन्दा बढी जनसङ्ख्याको बसोबास रहेको छ ।

images
images

सप्तकोशी नदीको पश्चिमी भङ्गालोले बस्ती नजिक पार्दै निरन्तर कटान गरिरहेको छ । जसका कारण स्थानीयबासी त्रसित बनेका छन् । सप्तकोशी नदी नागरिकको घरको ५० मिटर परबाट बगिरहेको छ । जसले गर्दा कतिपय बसाइ सरिरहेका छन् भने कोही बसाइ सर्ने तयारीमा रहेका छन् ।

सप्तकोशीले धार परिवर्तन गरेर उदयपुरबेलकाका पाँचवटा वडामा प्रवेश गरेपछि भने बस्ती उत्तरबाट समेत घेरिएको छ। श्रीलङ्का टापुका बासिन्दाको नम्बरी जग्गा अहिले सप्तकोशीको पश्चिमी भङ्गालो बगि रहेको स्थानमा पर्छ ।

आफ्नो जग्गामा सप्तकोशी नदी बगिरहेको छ, कटान हुँदै आगन सम्म आइपुग्न लागेपछि नागरिक बिकल्प खोजिरहेका छन् । तर, बसिरहेको घर छोडेर अन्यत्र जान सजिलो छैन ।

श्रीलङ्का टापुका बासीन्दालाई कोशी पूर्व तर्फ बराह क्षेत्रमा जानुभन्दा उदयपुरको बेलकामै आउँजाउँ गर्न सहज हुन्छ । उदयपुरको बेलका नगरपालिकाले भने श्रीलङ्का टापुका बासिन्दालाई व्यवस्थापन गर्ने बचन दिँदै आफ्नो पालिका भित्रको सुरक्षित स्थानमा बस्न आग्रह गरेको छ ।

समयमा नै श्रीलङ्का टापुका नागरिकलाई अन्यत्र स्थानान्तरण नगरेको खण्डमा दुर्घटना हुन सक्ने जोखिम बढेको छ । अन्य सुरक्षित स्थानमा सारिदिन र त्यसको व्यवस्थापन पनि गरिदिन नागरिकले सरकारसँग अनुरोध गरेका छन् । 

images
प्रकाशित मिति :श्रावण २४, २०७९ मंगलवार - ०९:०१:२३ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology