Logo

मंगलवार, आश्विन १३ गते २०८३

images
२०८३, आश्विन १३ गते
images
images

सप्तकोशीले धार परिवर्तन गरेर विस्थापित भएकाहरू बिरामी पर्न थाले 

सप्तकोशीले धार परिवर्तन गरेर विस्थापित भएकाहरू बिरामी पर्न थाले 

इच्छाकामना न्युज

२८, श्रावण २०७९
सप्तकोशीले धार परिवर्तन गरेर विस्थापित भएकाहरू बिरामी पर्न थाले 
images

अमर खड्का, सुनसरी । एक साताअघि सप्तकोशी नदीको बाँध फुटेपछि विस्थापित भएकाहरू बिरामी पर्न थालेका छन् । नदीले धार परिवर्तन गर्दा उदयपुरको बेलका नगरपालिकाका पाँच वटा बस्ती विस्थापित भएका थिए ।

images
images

अस्थायी रुपमा बसोबास गरिरहेका विस्थापित मध्य अधिकांशलाई ज्वरो, झाडा पखाला लगायतका स्वास्थ्य समस्या देखिन थालेको छ ।सप्तकोशी नदी धार परिवर्तन गरीमानव बस्तीमा पस्दा बेलका नगरपालिका १, २, ३, ८ र ९ का स्थानीयलाई सुरक्षीत स्थानमा सारिएको थियो । जनता क्याम्पस, खसीबाख्रा सङ्कलन केन्द्र कान्तेचौरी र वानडाँडाको रेडक्रस भवन बसिरहेकाहरू अत्यधिक गर्मीका कारण बिरामी पर्न थालेका छन् ।

सप्तकोशी नदीका कारण झण्डै २० हजार मानिसजोखिममा छन् । जसमध्यएक सय ९ परिवारका एक हजार ५१ जनालाई सुरक्षित स्थानमा राखिएको छ । शिविरमा बस्नेहरू मध्य अधिकांश जेष्ठ नागरिक र बालबालिका बिरामी परेको बेलका नगर अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट विशाल राईले बताउनुभयो ।

नगरपालिकाले बिरामीको उपचारका लागि शिविरमै स्वास्थ्यकर्मी खटाएको छ । कतिपय  मानिस उपचार पछि निको पनि भएका छन् । अस्थायी रुपमा शिविरमा बसेकाहरूले स्वच्छ पानी, खानेकुरा पाएका छैनन् । उनिहरू सरकारले तत्कालै स्थायी बसोबासको प्रवन्ध मिलाउन पहल गर्नुपर्ने बताईरहेका छन् । 

images
प्रकाशित मिति :श्रावण २८, २०७९ शनिवार - ०९:५९:४० बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology